२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

मेडिसिटी अस्पतालमा अत्याधुनिक बाल सघन उपचार केन्द सञ्चालनमा


८ माघ, काठमाडाैँ । नेपाल मेडिसिटी अस्पतालको बाल सघन उपचार केन्द्र अर्थात पि आइ सि युुको बुधबार उद्घाटन गरिएको छ । २४सै घण्टा ७ दिन सञ्चालनमा रहने बालबालिकाकै लागि समर्पित सघन उपचार केन्द्रको अस्पतालका चिकित्सकहरुले रिबन काटेर उद्घाटन गर्नुुभएको हो ।

अन्तर्राष्ट्रिय उपचार मापदण्ड अनुसार अहिलेको जनसंख्यालाई मध्यनजर गर्ने हो भने पि आई सि यु को धेरै महत्व भएका कारण नेपाल मेडिसिटी अस्पतालले यस किसिमको बाल सघन उपचार कक्षको सञ्चालनमा जोड दिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी गराउनुुभएको छ ।

बालरोग विशेषज्ञ चिकित्सकहरुको निगरानीमा रहि उपचार गरिने समर्पित सघन कक्षले बालबालिकाको उपचारमा थप टेवा पुग्ने अपेक्षा राखिएको बालरोग विशेषज्ञ डा. आन्या शर्माले राख्नुभएको छ । माघ ८ गते बुधबार बाट शुभारम्भ भएको पि आइ सि युुमा हालका लागि १० बेडको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार १९:३१