१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आस्था राउत प्रकणमा रीमा भन्छिन्, ‘नागरिकलाई सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी ?’


७ माघ, काठमाडाैँ । गायिका आस्था राउतको विमानस्थल प्रकरणमा नायिका तथा मोडल रीमा विश्वकर्माले मुख खाेलेकी छिन् । रीमाले सामाजिक सञ्जाल फेसबुकमार्फत नागरिकलाई सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुनसक्छ ? भनेर प्रश्न गरेकी छिन् ।

उनि लेख्छिन्, ‘देशमा दिनानुदिन जघन्य अपराध घटीरहँदा अनि ठुला अपराधि रिट/तारिखमा खुलेआम हाम्रै वरपर घुमिरहँदा त्यसै त असुरक्षित छौँ हामी ! अझ विमानस्थलको सामान्य नोकझोंकलाइ लिर नागरिकविरूद्ध मुद्धामाओर्लिएको प्रहरी संगठनले आम नागरिकमा प्रहरी प्रशानमाथि विश्वास भन्दा बढी डर पैदा गरेको छ । नागरिकलाइ सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुन सक्छ ?’

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १३:१८