१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘ए’ डिभिजन लिगको सातौं चरण सकियो, त्रिभुवन आर्मी १६ अंकसहित शीर्ष


७ माघ, काठमाडौं कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सातौं चरणका खेल सकिएका छन् । सातौं चरण सकिँदासम्म अंक तालिकामा त्रिभुवन आर्मी क्लबले शीर्ष स्थानमा आफूलाई उभ्याएको छ ।

५ जित, १ हार र १ बराबरी खेलेको त्रिभुवन आर्मी १६ अंकसहित शीर्ष स्थानमा पुगेको हो । यस्तै अंकतालिकामा मछिन्द्र, मनाङ मर्स्याङ्दी, न्युरोड टिम (एनआरटी), थ्री स्टार, नेपाल पुलिस, संकटा, जाउलाखेल युथ, ब्रिगेड ब्वाइज र फ्रेन्ड्स क्लब क्रमश: दोस्रोदेखि दसौं स्थानमा छन् ।

मछिन्द्र र मनाङ मर्स्याङ्दीको समान १३ अंक रहँदा एनआरटी, थ्री स्टार र नेपाल पुलिसको ११-११ अंक छ । यस्तै संकटा तथा जाउलाखेलले समान ९ अंक बटुलेका छन् भने बिग्रेड ब्वाइज र फ्रेन्ड्सको ८–८ अंक छ ।

अंक तालिकामा हिमालयन शेर्पा एघारौं, च्यासल युथ बाह्रौं, एपीएफ तेह्रौं र सरस्वती युथ क्लब चौधौं (अन्तिम) मा छन् । हिमालयन शेर्पाले ७ अंक बटुल्दा च्यासलले ६, एपीएफले ५ र सरस्वतीले १ अंक मात्रै हासिल गरेको छ । लिगअन्तर्गत बुधबारदेखि आठौं चरणका खेल हुनेछन् ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार ०८:२९