१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल पर्यटन बोर्डको सीईओमा गोविन्द केसीका समर्थक धनन्जय रेग्मी


५ माघ, काठमाडाैँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनन्जय रेग्मी नियुक्त हुने भएका छन । उनी सीईओ नियुक्तिको सिफारिस समितिबाट पहिलो नम्बरमा सिफारिसमा परेका छन । व्यवसायी इश्वर पाैडेल र नेकपालाइ पर्यटन क्षेत्रका संस्थाहरूमा धुलो चटाउन भूमिका खेल्ने भगिरथ सापकोटाको रोजाइमा रेग्मी सीईओ बन्न लागेका हुन । पौडेलको काष्ठमण्डप एयरलाइन्स र हाइड्रोपावरमा रेग्मी पनि पार्टनर छन ।

रेग्मी डा गोविन्द केसीको अनसनका कट्टर समर्थक हुन । डा. केसीको अनसन बितण्डा भएको भन्दै त्यसको कडा प्रतिवाद गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको रोजाइमा सम्भवत सोमबार साँझसम्ममा बोर्डको सिईओ नियुक्ति हुँदैछन । रेग्मी अटोमोवाइल ब्यवसायमा पनि संलग्न छन् । उनको लैनचौरको स्काउट भवनसँगै टोयटा गाडीको सोरुम छ ।सीईओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सम्मितलित उपसिमित गठन गरेको थियो ।

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार २०:५०