१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गुलाबी गाउनमा प्रियंकाको बोल्ड लुक्स (फोटोफिचर)


२ माघ, एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा जति सुन्दर छिन् उनको अभिनय पनि उत्तिकै सुन्दर छ । उनी ड्रेस सेन्समा पनि उत्तिकै सजग छिन् । कहाँ कस्तो पहिरन लगाउने भन्नेमा उनी अनुभवी पनि छिन् । उनी सहभागी भएको कार्यक्रम उनको पोसाकले सबैलाई आकर्षित गरिरहेको हुन्छ ।

हालै मात्र हलिउडको सबैभन्दा ठूलो अवार्ड शोमध्ये एक ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा प्रियंका देखिइन् । त्यहाँ उनले लगाएको पोसाकले अहिले चौतर्फी चर्चा पाइरहेको छ । उनी उक्त अवार्डमा पति निकसँगै गुलाबी रङको अफ सोल्डर गाउनमा उपस्थित भएकी थिइन् । जहाँ उनी निकै आकर्षक देखिएकी थिइन् ।

क्यालिफोर्नियामा आयोजित ‘गोल्डेन ग्लोबल’ अवार्डको ७७औं संस्करणमा सबै सेलिब्रिटी आफ्नो स्टाइलिस अवतारमा देखिए । तर, प्रियंकाको गुलाबी पहिरनमा र हीराको हारले सबैलाई माथ खुवायो । हेरौं प्रियंकाको सोही गुलाबी पहिरन जहाँ उनी आकर्षणको केन्द्र बनिन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार ०७:३३