१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुनुपर्ने राप्रपाको माग


२३ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फौजदारी अभियोगमा पक्राउ परेका सांसदहरुको पद निलम्बन नहुने व्यवस्थासहित मस्यौदा समितिबाट पारित भएको प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीप्रति आपत्ति जनाएको छ । राप्रपाले आइतबार विज्ञप्ति मार्फत यस्तो कानुनी व्यबस्थाले सुशासनको मान्यता कमजोर हुने र राजनीतिमा अपराधिक प्रबृत्तिलाई प्रोत्साहन गर्ने बताएको छ ।

राप्रपाका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राप्रपा सबै राजनीतिक दल र सांसदहरुलाई फौजदारी अभियोग लागेमा सांसद पद स्वतः निलम्बन हुने यस अघिको कानुनी व्यवस्था कायम राख्न आग्रह गर्दछ ।’

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १७:५३