२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

ए डिभिजन लिग फुटबल : आज संकटा र आर्मीको भिडन्त


२९ पुस, काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज संकटा क्लब र विभागीय टोली आर्मीबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा दुवै टोली जित निकाल्ने दाउमा छन् ।

जित हासिल गर्दै आर्मी शीर्ष स्थानमा उक्लिने दाउमा छ भने गत वर्षको उपविजेता संकटा पनि आर्मीलाई पराजित गर्दै लिग तालिकामा सुधार गर्ने तयारीमा छ । आर्मी १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यस्तै ७ अंकसहित तालिकाको आठौं स्थानमा रहेको संकटा जितसँगै पाँचौं स्थानमा उक्लिने दाउमा छ ।

यता आर्मी लगातार चौथो जित निकाल्ने तयारीमा छ ।

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार ०८:०४