१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पोर्चुगलमा समुन्द्री किनारमा माछा मार्न गएका धादिङका बाईवा दाजुभाइको डुबेर मृत्यु


२९ पुस, काठमाडाैँ । पोर्चुगलमा समुन्द्री किनारमा माछा मार्न गएका धादिङका बाईवा दाजुभाइको डुबेर मृत्यु भएको छ । कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्दै गर्दा समुन्द्री छालले बगाउदा दुई नेपालीको मृत्यु भएको पश्चिम टुडेले जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षीय कमल बाईवा र ४० वर्षीय श्याम वाईवा रहेका छन् । उनीहरूको पुर्ख्याैँलिघर धादिङ रहेको बताइएको छ । उनीहरू पोर्चुगलमा रेष्टुरेन्ट व्यवसायमा रहेका थिए ।

माछा मार्ने क्रममा आइतवार दिउसो १:४१ बजे समुन्द्री छालमा हराएका नेपाली दाजुभाईको क्यासकाइज लाइफगार्ड स्टेशन र मेरीटाइम पुलिस मार्फत अल्काबिडेचे फायर फाइटरको टोलीले उद्धार गरे पनि उनीहरू दुबैको मृत्यु भैसकेको थियो । गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले माछा मार्ने क्रममा दुई जना नेपालीको निधन भएको खवरले पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली शोकाकुल भएको बताएका छन ।

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार ०७:४७