१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नुवाकोट तारुकाको गोरुजात्रा कांग्रेसको कब्जामा, बिचाैलियाका ब्यानरमा रोक लगाउने तयारी


२८ पुस, विदुर । नुवाकोट यस्तो जिल्ला हो जहाँ कुखुराले समेत राजनीति गर्छन भन्ने उक्ति अन्य जिल्लामा चर्चित छन । नेतै नेताको जिल्ला भएर पनि विकासको दृष्टिले साह्रै नै पछि परेको नुवाकोटमा हरेक वर्ष निरीह पशुलाइ जुधाएर यहाँका दलका नेताहरू राजनीतिक अभिष्ट पूरा गर्नका निम्ति जनतालाइ भाषण सुनाउने गर्छन । धेरै पहिल्यैदेखि गोरू जुधाउँदै आएको तारकेश्वर गाउँपालिकाको तारूमा अलि बढी नै रमाइलो हुने गरेको छ ।

फाइल तस्बीर ।

धेरै जिल्लाबाट मानिसहरू गोरू जात्रा हेर्न तारूका पुग्ने गरेका छन । गाउँमा राजनीतिक दलहरूको बीचमा गोरूजात्राको समितिमा बस्ने विषयदेखि गोरू जुधाउने विषयमा समेत राजनीतिक भागवण्डा हुन्छ । हुनत पछिल्लो समय नुवाकोटका बेत्रावती, पञ्चकन्याको घलेभञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछापलगायत स्थानमा पनि गोरू जुधाइन्छ तर तारूकाको जस्तो परम्परागत र एेतिहासिक अन्य ठाउँमा हुने गरेको छैन । १३ वर्षअघिदेखि नुवाकोटको गोरू जुधाइ राष्ट्रियस्तरको समाचार बन्ने गरेको छ । हुनत नुवाकोटका नेताहरूको शक्तिको लडाँइ पनि समाचार बन्ने गरेका छन तर माघ १ को गोरू जुधाइ सबैजसो सञ्चारमाध्यमा छाउने गरेको छ ।

फाइल तस्बीर ।

कुनै समय तत्कालीन एमाले र काग्रेसको बीचमा गोरू जुधाउने विषयमा विवाद हुँदा यही तारूकामा कांग्रेस र एमालेले छुट्टाछुट्टै गोरू जुधाइ पनि गरेँ । तर पछिल्लो समय पशु जुधाएर मनोरञ्जन लिनु त्यति राम्रो हैन् भन्ने सन्देश विस्तारै प्रवाह हुनेक्रममा राजनीतिक दलहरू विभाजित नै भएका त छैनन् तर कहिले तत्कालीन एमाले र कहिले कांग्रेस हावी हुने गरेको छ । यसपटक गोरू जात्राको समितिमा कांग्रेसीहरूको वर्चश्व रहेका कारण नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गोरूजात्रा उद्घाटन गर्न पाउने भएका छन ।

फाइल तस्बीर ।

जम्मा एकदिन मात्र नेपाली कांग्रेस नुवाकोटको अामन्त्रित सदस्य हुन सफल तारूकाकै स्थानीय शिव अधिकारीको जोडबलमा कांग्रेस महामन्त्री शशांक कोइराला प्रमुख अतिथिको रूपमा गोरूको भिडन्त उद्घाटनमा जाँदैछन । नेकपाकै स्थानीय सरकार, नेकपाकै प्रदेश सरकार र नेकपाकै संघीय सरकार रहेको भए पनि गोरूजात्रा समितिमा कांग्रेस निकटको बर्चश्व हुँदा नेकपाका कार्यकर्ता निराश देखिएका छन । नेकपाका नेताहरू त मुख लुकाउने अवस्थामा पुगेका छन ।

यसरी विभिन्न सस्थाहरूको व्यानर राखेर उठाउने पैसा कहाँ जान्छ समितिले पनि थहा पाउँदैन । फाइल तस्बीर ।

स्रोतका अनुसार नेकपाका केही नेता बाध्यतात्मक रूपमा गोरूजात्रामा देखिनुपर्ने भएकाले जाँदै छन भने केही समान्य रूपमा सहभागी हुँदैछन । प्रमुख अतिथि नेकपाको लान नपाएपछि नेकपाका नेताहरूले गोरू जुधेको हेरेर मनोरञ्जनमात्र लिने गोरू जात्रा समितिका एक सदस्यले दैनिकीसँग भने । कतिपयले गोरूजात्राको नाममा विभिन्न संस्थाको व्यानर टाँगेर लाखाैँ रूपमा उठाएर खाने गरेको भन्दै ती सदस्यले यसपटक त्यसरी व्यानर टाँग्न समेत रोक लगाइने बताएका छन ।

गोरू धनीलाइ पुरस्कार दिन र व्यवस्थापनमा खर्च गर्न भनेर पैसा उठाउने तर समितिलाइ एक सुको पनि नदिने गरेपछि व्यानर टाँग्न रोक लगाउने निर्णय भएको ती सदस्यले बताए । गोरू जुधाउनका लागि विभिन्न संस्थाले पनि सहयोग गर्ने गरेका छन तर त्यो पैसा कसरी कहाँ पुग्छ भन्ने खास लेखाजोखा र पार्दिशता छैन । वर्षभरी गोरू जुधाउने किसानले पुरस्कारको रूपमाम पाँच हजार पाउने तर त्यही जात्राको नाममा लाखाैँ उठाएर विचाैलियाले खाने गरेका छन ।

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार २२:२८