१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

संसदको लेखा समितिको बैठकमा विज्ञको नाममा विचाैलिया, व्यापारिक स्वार्थमा चिप्लिदै समिति


-पवित्रा मुडभरी

२४ पुस, काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति पछिल्लो केही वर्ष यता व्यपारिक स्वार्थको क्रिडास्थलको रूपमा प्रयोग भएको सदस्यहरूले नै महशुष गर्न थालेका छन । लेखा समितिका हरेक जस्ता निर्देशन विवादरहित हुन सकेका छैनन् । अझ पछिल्लो समय समिति राजनीतिक रूपमा बढी नै पूर्वाग्रही बनेको आरोप समेत लाग्न थालेको छ ।

लेखा समितिका सभापतिको राजनीतिक पूर्वाग्रह, दिइएका निर्देशन र विचौलियालाइ विज्ञ बनाउने शैलीको खुलेर आलोचना हुन सुरू गरेको छ । समितिका निर्देशन नै केही व्यापारीकाको स्वार्थमा चिप्लिनु जस्तो लज्जाको विषय के हुन सक्ल ? मुल मर्म र जिम्मेबारीमा खासै प्रभावकारी नदेखिए पनि व्यापारीक स्वार्थका काममा लेखा समितिको सक्रियता आश्चर्यजनक रूपमा बढेको छ ।

लेखा समितिका सभापति भरत शाह बीचमा ।

पछिल्लो समय समितिले एउटा निर्णय गर्यो । जुन निर्णय पनि विवादमा परेको छ । समितिले  सरकार–सरकारबीचको सहमतिमा हुन लागेको सुरक्षित मुद्रण (सेक्युरिटी प्रेस) खरिद प्रक्रियामा अनियमितताको आशंका गर्दै अध्ययन र अनुसन्धान गर्ने निर्णय गर्यो । उक्त निर्णयको बारेमा आलोचना भैरहेको छ । समितिले जसलाइ विज्ञ भनेर बोलाएर उनीहरूको कुरा सुनेर निर्णय गर्यो उनीहरू विचाैलिया रहेको समितिकै सदस्य नेकपाका सांसद डा सूर्य पाठक बताउँछन । उनी भन्छन ‘विज्ञका नाममा दलाल बोलाएर उनीहरूकै सुझाव वा धारणाका आधारमा लेखा समितिले निर्णय गर्ने र निर्देशन दिँदै जाने हो भने हामी कहाँ पुग्छौँ ?’

पाठकका अनुसार लेखा समितिको मुख्य काम भनेको महालेखा परिक्षकको प्रतिवेदनमा छलफल गर्ने बेरूजुका बारेमा अध्ययन गर्ने र सोही अनुसार निर्देशन दिने हो । तर पछिल्लो समय समिति मुखियाको चौतारी जस्तो भएको छ । जसले जे निवेदन दिए पनि छलफल गर्ने र निर्देशनको निर्णय गर्ने ।

‘लेखा समितिले अहिले भावनामा बहेर निर्देशन दिने हो भने भोलिको अवस्था कस्तो होला ? हामीले कस्तो नजिर स्थापित गर्ने ? यसबारेमा सोच्ने समय आएको  छ’, डा पाठक भन्छन ‘सांसद पाठक भन्छन पछिल्लो समय यस्ता विषयमा उजुरी गर्न आउने विभिन्न बहुराष्ट्रिय कम्पनीका दालाल हुन्छन । कोही खाइ रहेको कमिसन बन्द हुने भएपछि यस्तो काम हुन दिन्न भन्ने उदेश्य बोकेर आउँछन र कोही आफू पनि दलालि बनेर टेण्डर प्रक्रियामा सहभागी हुन खोज्छन नपाउने भएपछि समितिमा उजुरी हाल्छन र विज्ञ बनेर गफ दिन्छन ।’

सांसद पाठक भन्छन ‘कोही विज्ञ हुन उसले कतिवटा रिसर्च गर्यो, सम्बन्धित विषयमा कतिवटा लेख लेख्यो ? वा के-के गरेका कारण विज्ञ भयो भन्ने आधारित हुन्छ होला नि ? तर हाम्रोमा दालालहरू नै आएर विज्ञ बनेर गफ दिन्छन र दिनै दाललको गफका आधारमा भावनामा बहेर समितिले निर्णय लिन्छ । जुन नितान्त गलत छ ।’ सांसद पाठक अघि थप्छन ‘यही सेक्युरिटी प्रेस खरिदको विषयमा पनि हरेक वर्ष हामीले यसैका लागि ५ अर्ब बढी खर्च गरिरहेका छौँ । यदि सरकारले २३ लाखमै किन्यो भने पनि पाँच वर्ष बाहिर तिर्ने पैसामा लागत उठिहाल्छ । तर जि टु जीको गरेर खरिद गर्ने निर्णय गरेर सरकारले ठोस प्रक्रिया सुरू नगर्दै यति अर्ब भ्रष्टाचार र उती अर्ब भ्रष्टाचार भन्दै निर्णय गर्नु राम्रो हैन । हामीले सहीलाइ सही र गलतलाइ गलत भन्नुपर्छ ।’

डा सूर्य पाठक, सांसद, नेकपा ।

पाठकका अनुसार सेक्युरेटी प्रेसका बारेमा विज्ञका रुपमा समितिले बैठकमा बोलाएको विजयबाबु मिश्र पनि एउटा कम्पनीका दलाल हुन । उनी आफूले खोजेको काम नपाएपछि समितिमा आएर सातदेखि नौ अर्ब घोटाला हुन लाग्यो भने । उनी सेक्युरेटी प्रेसका विज्ञ कसरी भए ?अहिले त्यसबारेमा कतिवटा काम गरे वा अनुसन्धान गरेर लेख वा प्रतिवेदन लेखे उनी प्रश्न गर्छन ।

सरकारले खरिद प्रक्रिया अघि बढाउन स्वीकृती प्रदान गरेको सेक्युरिटी प्रेसबाट पैसाबाहेक राहदानी, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सवारी अनुमति पत्र मुलुकको अहिलेको आवश्यकता धान्नेगरी छपाई हुन सक्ने बताइएको छ । ७ पुसको मन्त्रिपरिषद् बैठकले फ्रान्सको आइएन ग्रुप र जर्मनीको भेरिडोसमध्ये एक कम्पनीबाट सेक्युरिटी प्रेस खरिद गर्न सञ्चार मन्त्रालयलाई सहमति प्रदान गरेको छ ।

प्रकाशित मिति : २४ पुष २०७६, बिहीबार ०९:४२