२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

डा गोविन्द केसीका कर्तुत सार्वजनिक, तीनवटा जन्ममिति भेटियो (प्रमाणसहित)


९ फागुन, काठमाडौँ । डा गोविन्द केसीको सननीपूर्ण कर्तुत सार्वजनिक भएको छ । पटक पटक अनशन गरेर अस्पताललाई आन्दोलनको भूमि बनाउने केसीको आफ्नै तीन वटा जन्ममिति भएको खुलासा भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति फरक–फरक रहेको भन्दै नैतिक प्रश्न उठाउने आन्दोलनकारी डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयमा पेस गरेको दस्तावेजहरूमा भिन्न–भिन्न जन्ममिति भएको तथ्य खुलासा भएको हाे ।


हाल केसीको अनसनस्थलका रूपमा समेत चिनिएको त्रिवि शिक्षण अस्पतालमा प्राध्यापक रहेका केसीको एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ गते उल्लेख गरिएको छ । तर, उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फाराममा जन्ममिति २०१३ मंसिर २७ गते उल्लेख गरिएको छ ।

त्यस्तै, मिति २०६५ साउन २९ गते प्राध्यापक बढुवाका लागि उनले विश्वविद्यालयमा पेस गरेको आवेदन फारममा भने असोज २७ गते २०१३ भनी केसीले आफ्नो जन्ममिति उल्लेख गरेका छन् । केसीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र समेत पेस नगरेको बुझिएको छ । उनले अनिवार्य रूपमा भर्नुपर्ने सिटरोल नभरेको र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत पेस नगरेकोले थप आशङ्का जन्माएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार ०६:००