१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

उपेन्द्र यादव र चित्रलेखा यादवसहितले मिलेर ललितपुरको एक हजार रोपनी जग्गा कब्जा गरे


२२ पुस, काठमाडाैँ । नेपाली कांग्रेसकी पूर्व कोषाध्यक्ष चित्रलेखा यादव र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितको संलग्नतामा ललितपुरमा झण्डै एक हजार रोपनी सरकारी जग्गा कब्जा भएको खुलासा भएको छ । उनीहरूले नख्खु खोला बग्ने ठाउँ नै अन्यत्र सार्ने निर्णय मन्त्रिपरिषदबाट गरेर हजार रोपनी जग्गा अतिक्रमण गरेको दृष्टि साप्ताहिकले खुलासा गरेको छ ।

यादवद्धयको संलग्नतामा नक्कली खोला बनाएर जीवनभरको कमाई खर्च गरी जग्गा किनेर घर बनाएका करिब ३ सय घरपरिवारलाई उठीबास लगाउने काम भएको छ। उनीहरुले अहिले धमाधम नख्खु खोला बगिरहेको ठाउँमा जग्गा प्लानिङ गरिरहेका छन्। नक्कली नख्खु खोलामा छिटो ढल हाल्न पनि उनीहरुले दबाब दिइरहेको दृष्टिले लेखेको छ ।

यादवद्धय र व्यापारी राजेशबाबु श्रेष्ठलगायतका भीभीअइपीहरुको संल्ग्नतामा सरकारी जग्गा कब्जा भएको दृष्टिले दाबी गरेको छ । उपेन्द्र यादव यतिखेर सरकारबाट हटेपछि घर न घाटको भएर बसेका छन । एक वर्षदेखि घुर्की लगाउँदै सरकारमा बसेका यादवले सरकारको काम भन्दा विदेश भ्रमणलाइ महत्व दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्तको चेतावनी दिएका थिए । उक्त चेतावनीपछि यादव राजिनामा दिएर सरकारबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : २२ पुष २०७६, मंगलवार ११:२२