२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

चितवनमा दानबहादुरको छुट्टै सत्ता, प्रहरी कै माथिल्लो निकाएको निर्देशनलाई धोति लगाए


१७ पुस, चितवन । चितवनमा प्रहरी प्रमुख दानबहादुर मल्लले छुट्टै सत्ता सञ्चालन सुरू गरेका छन । प्रहरीकै माथिल्लो निकाएको निर्णय र निर्देशन धोति लगाउँदै उनी चितवन प्रहरी प्रमुखको रूपमा कार्यरत रहेका छन । पुस ४ गते सरूवा भएका मल्लले चितवन छाड्न नमानेपछि प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाले बुधबार १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन दिएको थियो तर मल्लले निर्देशनलाई धोति लगाइदिएका छन ।

राजनीतिक आडमा चितवन प्रहरी प्रमुख मल्लले चितवन छाड्न नमानेका हुन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकै छोरी समेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बलमा मल्लले प्रहरीको निर्णयमा धोति लगाएका हुन । निर्णयमा धोलि लगाउने मल्लको बलमा प्रहरी प्रमुख सर्वेन्द्र खनालको भने समर्थन रहेको स्रोतले बताएको छ । मल्ललाइ २ महिना चितवनमै राखिदिन दहालद्धयले खनालसँग आग्रह गरेको स्रोतले जनायो । त्यही बलमा मल्लले संगठनको निर्देशन नमानेका हुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको १३ दिनसम्म पनि उनले चितवन नछाडेपछि प्रदेश प्रहरीले उनलाई पत्र काटेर नै चितवन छाड्न निर्देशन दिएको थियो । तर बिहीबार पनि उनी चितवन प्रहरी प्रमुखकै रूपमा सक्रिय रहे । मल्लले चितवनका पत्रकारहरूलाइ आफूले चितवन नछाड्ने जानकारी दिइसकेका छन । गत पुस ४ गते २४ जना एसपीको सरुवा भएको थियो । जसमा एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको थियो । यस्तै एसपी मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाइएको थियो ।

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार २०:५०