१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति प्रदान


१३ पाैष, ताप्लेजुङ । सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई इन्द्रबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा कक्षा १० मा अध्ययनत् मनकुमार शाहशङ्कर र सुजन इधिङ्गो, कक्षा ६ का पेम्बाछिरिङ शेर्पा, पासाङ डोमा शेर्पा र कक्षा ९ का कञ्चन पन्दाकलाई जनही रु १२ हजारका दरले जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको हो ।


स्व इन्द्रबहादुर श्रेष्ठका सुपुत्र तथा प्रतिष्ठानका सदस्य अमर श्रेष्ठले ती विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गर्नुभयो । फुङलिङका समाजसेवी व्यक्तित्व इन्द्रबहादुर श्रेष्ठको विसं २०५६ मा मृत्युभएको थियो । विसं २०६३ मा स्थापित प्रतिष्ठाले स्थापना कालदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १३ पुष २०७६, आईतवार १३:१५