१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आईजीपी खनालको अर्को विदेश भ्रमण पनि सरकारले रोक्यो, चीन भ्रमण रोकिनुको यस्तो छ कारण


१० पाैष, काठमाडाैँ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको अर्को एउटा विदेश भ्रमणमा सरकारले रोक लगाएको छ । खनालको चीन जाने अर्को प्रयासमा सरकारले रोक लगाएको हो । गृहमन्त्री रामबहादुर थापासँगै खनाल पनि चीन जाने गरी गृह मन्त्रालयले भ्रमणको सूची मन्त्रिपरिषद्मा लगेकोमा खनालको नाम काटिएको हो । खनालको नाम काटेर एक जना डिआइजीको नाम राखिएको छ ।

पुस २१ गतेदेखि हुने भनिएको आईजीपी खनालको चीन भ्रमण प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पुगेको थियो । तर उक्त प्रस्तावमा रहेको खनालको नाम काटेर गृहमन्त्री थापा, गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायतको भ्रमण भने स्वीकृत गरेको छ । सरकारले खनालले यसअघिका दुइवटा विदेश भ्रमण रोकिसकेको छ । उनको अमेरिका र भारत भ्रमण सरकारले रोकेको थियो ।

खनालको सरकारले रोकेको यो तेस्रो विदेश भ्रमण हो । चीनका आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्रालयको निमन्त्रणामा गृहमन्त्रीको नेतृत्वमा टोली भम्रणमा निस्कने तयारी गरिरहेको छ । केही समयअघि अन्तर्राष्ट्रिय मञ्जमा भारतीय सुरक्षा सल्लाहकारको प्रस्तावस्वीकार गरेर खनालले गल्ती गरेपछि सरकारले गल्ती सच्याएको थियो ।

यो पनि पढ्नुहोस्

-मातहतका निकायसँगै निरीह बन्यो सरकार, प्रहरी प्रमुख सर्वेन्द्र खनालले गरेको गल्ती सच्यियो

प्रकाशित मिति : १० पुष २०७६, बिहीबार १०:५२