२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

चिनियाँ गाई कोही गिटार बजाउँदै, कोही पढ्दै : दिन्छन् दैनिक ३० लिटर दूध (फोटो फिचर)


४ पुस, काठमाडौं चिनियाँ गाई ! प्रख्यात गाई फार्म । यहाँका एउटा गाईले दैनिक ३० लिटरभन्दा बढी दूध दिन्छन् ।  किसानहरुले गरेको आधुनिक फार्ममा चिनियाँ सरकारी लगानीसमेत छ । चीनका आन्तरिक तथा विश्वबाट चीन भ्रमणमा पुगेकाहरु एकपटक यो फार्ममा पुग्न लोभिन्छन् । चीनको खबे प्रान्तमा स्थापना गरिएको जुन्बेलिबाओ डेरी ग्रुपमा उन्नत जातका गाई पालन गरिएको छ ।

केही थान गाईबाट सुरु गरिएको यो फार्ममा अहिले ५५ सयभन्दा बढी गाई पालिएका छन् । जसलाई आधुनिक तरिकाको गोठ बनाएर सरसफाइमा पनि उत्तिकै ध्यान दिइएको छ । फार्मलाई हामी नेपालीले पनि उदाहरणीय रुपमा लिएर अवलम्बनसमेत गर्न सक्छौं । त्यसका लागि २ वटा कुराको भने आवश्यक रहन्छ । पहिलो कुरा त इच्छाशक्ति नै हो । अर्को कुरा भने लगानी आवश्यक रहन्छ । अझ हामीले यस्ता फार्म सामूहिक लगानीबाट समेत गर्न सक्छौं ।

फार्मबाहिर गाईसँग सम्बन्धित मूर्तिले पर्यटकलाई झनै आकर्षित गरेको देख्न सकिन्छ । तीमध्ये केही मूर्तिमा गाईले ड्रम ठोकेको देख्न सकिन्छ भने केही गाईले गिटार बजाउँदै गरेको देख्न सकिन्छ । यस्तै केही गाई चस्मा लगाएर पुस्तक अध्ययन गरिरहेको मुद्रामा देख्न सकिन्छ । नेपालबाट हालै चीन भ्रमणमा गएको टोलीले समेत गाई फार्मको अवलोकन गरेको छ । फार्मका बाहिर राखिएका गाईका मूर्ति, उनका मुद्रा हामी पनि हेरौं एकपटक ।


प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार ०७:२८