१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आज सागका पदक विजेतालाई नगर परिक्रमासँगै नागरिक अभिनन्दन गराइँदै


२७ मंसिर, काठमाडौं १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगर परिक्रमा गराइँदै छ । सँगै नागरिक अभिनन्दनसमेत गरिने तयारी रहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार, अहिले ११ बजेबाट नगर परिक्रमा कार्यक्रम सुरु हुँदै छ । जसअन्तर्गत राखेप त्रिपुरेश्वरबाट सुरु भएर न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीम्म पुगिने कार्यक्रम छ । त्यहाँबाट पुन: सोही रुट हुँदै राखेपमा प्रांगणमै आएर खेलाडीलाई नागरिक अभिनन्दनसँगै आजको कार्यक्रम सकिनेछ ।

डिसेम्बर १ देखि १० सम्म नेपालमै आयोजना भएको सागमा नेपालले ५१ स्वर्ण हासिल गरेको थियो । साथै सडकछेउबाट खेलाडीलाई नगर परिक्रमा गराइने हुँदा सवारी आवागमनमा भने कुनै बाधा पर्ने छैन ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार ०९:५४