१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भारतको विवादास्पद नागरिकता विधेयक मध्यरातमा पास !


२४ मंसिर, नयाँदिल्ली । भारतमा विवादास्पद रुपमा लिइएको नागरिकतासम्बन्धी संशोधन विधेयक गएको मध्यरातमा तल्लो सदन लोकसभाले पारित गरेको छ । धर्मका आधारमा नागरिकताको व्यवस्था गरिएको भन्दै विपक्षीहरुले विधेयकको चर्को विरोध गरेका थिए ।

मध्यरातमा भएको मतदानका क्रममा विधेयकको पक्षमा ३ सय ११ र विपक्षमा ८० मत परेको थियो । विधेयक पास भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीले खुसी व्यक्त गरेका छन् । उनले गृहमन्त्री अमित शाहको प्रशंसा गर्दै नयाँ संशोधन भारतको सदियौं पुरानो परम्परा र मानवीय मूल्यको विश्वासअनुरुप रहेको जनाएका छन् । उनले सो विधेयक पास गर्न मद्दत गर्ने सांसदहरुलाई धन्यवादसमेत दिएका छन् । –एजेन्सी

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ०८:१६