१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बोक्साको आरोपमा चितवनकाे इच्छाकामना-२ का वडाध्यक्षमाथि जुत्ताको माला लगाएर कुटपिट


२३ मंसिर, चितवन । बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट भएको छ । चितवनकाे इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गरि कालोमोसो र जुत्ताको माला लगाइएको छ ।

 

स्थानिय जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएपछि उत्तरकुमार गुरुङ लगायतकाकाे समुहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला समेत लगाएका हुन् ।

बोक्सा भएको आरोप लगाउँदै उनीहरुले वडाध्यक्ष प्रजालाई मलमुत्र खुवाउन खोजे प्रतिकार गरेर जाेगिएकाे बताए । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार १४:०३