१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

माओवादी सांसद दासविरुद्ध कांग्रेस नेता खतिवडाको उजुरी, शपथ नगराउन माग


८ फागुन, काठमाडौँ । सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी माओवादी सांसद सुरेशचन्द दास भारतीय नागरिक भएको भन्दै शपथ नगराउन संसद सचिवालयमा उजुरी दर्ता भएको छ । कांग्रेस नेता तथा पूर्व सांसद रामहरि खतिवडाले दास भारतीय नागरिक भएको दाबीसहित संसद सचिवालयमा उजुरी दिएका हुन ।

उनले उजुरी माफर्त दास भारतीय नागरिक भएको भन्दै शपथ ग्रहण नगराउन संसद सचिवालयको ध्यानाकर्षणसमेत गराएका छन । संसद सचिवालय सिंहदरबारमा निवेदन दर्ता गर्दै नेता खतिवडाले माओवादी केन्द्रका तर्फबाट विजयी दास भारतीय नागरिक भएको र बिहारको दरभंगामा उनको स्थायी घर भएको दाबी पेश गरेका छन । नेपालको संविधानको धारा ८७ को १ क मा प्रतिनिधिसभा सदस्य हुन नेपालको नागरिक हुनैपर्ने व्यवस्था छ । संघीय संसदको पहिलो बैठक फागुन २१ गते बस्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार १५:३९