१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मुनाको ‘दुलारी’ सार्वजनिक


२२ मंसिर, काठमाडौं मुना चौधरीको उपन्यास दुलारी सार्वजनिक गरिएको छ । लेखक नयनराज पाण्डे र शान्ति, द्वन्द्व र विकासकी अध्येता प्रियंका कापरले शनिबार दुलारी सार्वजनिक गरेका हुन् ।

मुनाको यो दोस्रो उपन्यास हो । यसअघि उनको पौराणिक-ऐतिहासिक तथा मिथिला क्षेत्रका सांस्कृतिक, सामाजिक र राजनीतिक अवस्थाको झलक दिने जयवर्धन सलहेश उपन्यास प्रकाशित छ ।

पुस्तक सार्वजनिक कार्यक्रममा मुनाले आफ्नो लेखन यात्राबारे चर्चा गर्दै मुसहर समुदायको दुःख आफूले सानैदेखि देखेका हुनाले उनीहरुका कथा लेख्न सहज भएको सुनाइन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ०६:३१