१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चितवनमा अटो दुर्घटना, ५ को मृत्यु, ६ जना गम्भीर घाइते


२१ मंसिर, चितवन । चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ४ मा शनिबार साँझ भएको अटो घटनामा गरी ५ जानको मृत्य हुनेका साथै ६ गम्भीर जना घाइते छन् । मृत्यु हुनेमा दुई पुरुष र तीन महिला रहेको जनाइएको छ।


राप्ती नगरपालिका-४ चेपाङ मार्गको भित्री सडकखण्डबाट चौकी डाँडातर्फ गइरहेको ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गम्भीर घाइते अटोका चालकसहित ६ जना मध्ये तीनजनाको पुरानो मेडिकल कलेजमा र दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मुत्यु हुनेमध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै परिचय खुलेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार २१:१६