१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

पत्रकार रिजाललाई आर्थिक सहयोग


२० मंसिर, दाङ । मुटु रोगले पीडित हुनुभई हाल उपचाररत रहनुभएका पत्रकार महेश रिजाललाई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आर्थिक सहयोग प्रदान गरेको छ ।


महासङ्घका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल र जिल्ला शाखा अध्यक्ष सविन प्रियासनले आज उहाँलाई सहयोग स्वरुप रु एक लाख २६ हजार ६५ प्रदान गर्नुभयो । सो रकम महासङ्घका जिल्ला, प्रदेश , केन्द्रीय सभाषद् तथा यहाँका सञ्चारमाध्यमले उपलब्ध गराउनुभएको थियो । केन्द्रीय सभाषद् समेत रहनुभएका रिजालको उपचारका लागि महासङ्घ शाखाले सहयोग अभियानको सुरुआत समेत गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार १३:३६