१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

साग पुरुष क्रिकेटमा बंगलादेशले भुटानलाई १० विकेटले हरायाे


२० मंसिर, काठमाडाैँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बंगलादेशले भुटानलाई १० विकेटेको हराएकाे छ । लगातार २ खेलमा जित हात पार्दै ४ अंकका साथ बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले ६ दशमलव ५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेको हो ।

सौम्य सरकारले बंगलादेशको जितमा अविजित ५० तथा मोहम्मद नइमले १६ रनको योगदान गरे । पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन बनाएको थियो । भुटानका तेन्जिङ वान्चुकले सर्वाधिक १५ रन जोड्दा जिग्मे सिंगेले १३ र जिग्मे दोर्जीले १२ रन बनाएका थिए ।

भुटानका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका मनिक खानले २ विकेट लिए । यसैबीच शुक्रबार नै नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । शुक्रबारको खेलमा माल्दिभ्सविरुद्ध फराकिलो जित निकाल्न सके नेपालको पनि फाइनल प्रवेशको सम्भावना रहने छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार १२:१९