१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

डीएसपी कुमोद ढुंगेललाई पक्रन अदालतको अनुमति


१८ मंसिर, काठमाडौँ । नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । बुधबार जिल्ला अदालत काठमाडौँले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै डीएसपी ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो ।


प्रहरी प्रधान कार्यालयले गत वैशाखमा डीएसपी ढुंगेललाई पदबाट निलम्बन गरेको थियो । गत चैत २६ गते रानीबारीमा भएको लुटपाट तथा चोरी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डीएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो । प्रहरी अनुसन्धानको क्रममा श्रेष्ठले घटना गराएको दिन डीएसपी ढुंगेललाई भेटेको बयान दिएका थिए । हाल जेलमा रहेका गुण्डा नाइके समीरमान बस्नेतसँग समेत ढुङ्गेलको पटक-पटक सम्पर्क देखिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार १७:३३