१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

उपनिर्वाचनको सबै नतिजा सार्वजनिक: ५२ पदमध्ये ३० पदमा नेकपा तथा १३ पदमा कांग्रेस विजयी


१६ मंसिर, काठमाडाैँ । उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएकाे छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको गरी ५२ पदका लागि शनिवार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको हाे । सार्वजनिक भएकाे नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी नेकपाले ३० स्थानमा जितेर पहिलो भएको छ ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस १३ स्थानमा जी हात पार्दै दोस्रो स्थानमा रहेकाे छ भने समाजवादी पार्टी नेपाल४ स्थानमा विजय भएकाे छ । त्यसैगरी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार ३ स्थानमा विजयी भएका छन् भने १ स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपाले १ प्रतिनिधिसभा सदस्य, १ प्रदेशसभा सदस्य, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र २४ वडाध्यक्ष पद जितेको छ । कांग्रेसले भने १ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख र ११ वडाध्यक्षमा विजय हासिल गरेको हो । समाजवादीका उम्मेदवार ४ र राजपाका उम्मेदवारले ३ वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवारले बाग्लुङमा प्रदेशसभा सदस्य जितेका छन् भने १ स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १३:१५