१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सर्लाहीको हरिपूर्वामा समाजवादी पार्टी, कांग्रेसको भन्दा दोब्बर मत सिके राउतको पार्टीले पायो


१४ मंसिर, काठमाडाैँ । सर्लाहीको हरिपूर्वा नगरपालिकाबाट समाजवादी पार्टीले खाता खोलेको छ । हरिपूर्वा १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् । शनिबार भएको मतदानमा उनले रायले ३४७ मत पाएर विजयी भएका छन । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा र राजपाका उम्मेदवारले समान ३२८ मत प्राप्त गरेका छन ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीबाट दोस मोहम्मद अंसारी उम्मेदवार रहेका थिए । कांग्रेसको भन्दा दोब्बर मत सिके राउतको पार्टीले पाएको छ ।राउत नेतृत्वको जनमत पार्टीले दिनेश राय यादवले ५२ मत पाउँदा कांग्रेसका उम्मेदवारले २३ मत पाएका छन् । त्यस वडामा १ हजार ९३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार २२:३३