२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

पत्रकार गुरुवाचार्यको निधन


६ मंसिर, काठमाडाैँ । अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको आज बिहान निधन भएको छ । लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको आज थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको अन्तरराष्ट्रिय समाचार समिति एशोसिएटेड प्रेस(एपी) को काठमाडौँस्थित प्रतिनिधिका रुपमा ३८ वर्ष सेवा पुर्याउनुभएका गुरुवाचार्यले नेपाल वातावरण पत्रकार समूहमा रहेर पनि काम गर्नुभएको थियो ।

आफ्नो पेशामा पूर्ण समर्पित गुरुवाचार्यको अनुभवबाट उहाँका समकालीन र पछिल्ला पुस्ताले पेशागत जिम्मेवारीका सम्बन्धमा धेरै ज्ञान हासिल गरेका थिए । उहाँको शनिबार अन्त्येष्टि हुने परिवार स्रोतले जनाएको छ । स्व गुरुवाचार्यका श्रीमती, छोरा पत्रकार विनाज र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार १८:१०