१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुधबार पनि मन्त्रीमण्डल पुनर्गठन हुन सकेन


४ मंसिर, काठमाडाैँ । बुधबार बसेकाे नेकपा सचिवालय बैठकले मन्त्रीको टुंगो लगाउन सकेन । मन्त्रीमण्डल पुनर्गठनबारे छलफल गर्न भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा सचिवालय बैठकले कुनै निर्णय नसकेकाे हाे । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपनि मन्त्रीको विषयमा भने टुंगो लगाउन नसकेको हो ।


नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले मन्त्रीमण्डल पुनर्गठन प्रधानमन्त्रीको कार्यक्षेत्रको विषय भएको भन्दै छिट्टै यसबारे प्रधानमन्त्रीले निर्णय लिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार १५:५७