१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल आयल निगमको अपहरण गरिएको ट्यांकर भेटियो


४ मंसिर, काठमाडौँ । नेपाल आयल निगमको अपहरण गरिएको ट्यांकर भेटिएकाे छ । सिरहाको लहानबाट साेमबार अपहरण गरेको भनिएको निगमको तेल ढुवानी गर्ने ट्यांकर प्रहरीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- १ स्थित रमदैयामाबाट मंगलबार राति फेला पारेकाे हो । ढल्केबरबाट १० किलोमिटर दक्षिणमा भेटिएको ट्यांकरमा तेल खन्याइएको छ । तेल कहाँ खन्याइयो भन्ने विषयमा खुलेकाे छैन ।

२० हजार लिटर डिजेल भरेर बाराको अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोबाट विराटनगरतर्फ जाने क्रममा ना.४ख ४१६३ नम्बरको टयांकर सोमबार राति अपहरणमा परेकाे थियाे । टयांकरका चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार १०:२६