१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अमेरिकी राष्ट्रपति ट्रम्प थप संकटमा


४ मंसिर, वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको संकट थप चुलिँदै गएको छ । युक्रेनका लागि उच्च अमेरिकी अधिकारी रहेका लेफ्टिनेन्ट कर्णेल एलेक्जान्डर भिन्ड्म्यानले ट्रम्पविरुद्ध संसदीय समितिमा बयान दिएका छन् ।

संसदीय समितिको उनले राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग अनुचित राजनीतिक माग गरेको बताएका छन् ।

लेफ्टिनेन्ट कर्णेल भिन्ड्म्यानले राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई गरेको टेलिफोन संवाद सुनेका थिए । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले संसदीय समितिमा बयान दिएका लेफ्टिनेन्ट कर्णेल भिन्ड्म्यानको तीव्र आलोचना गरेको छ ।

ह्वाइट हाउसको आधिकारिक ट्विटर ह्यान्डलबाट उनको तीव्र आलोचना गर्दै अमेरिकाप्रति उनको निष्ठामा शंका व्यक्त गरिएको छ । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार ०९:३४