१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

न्यायपरिषद् बैठक बस्दै : न्यायाधीश नियुक्तिको तयारी


४ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी गरेका छन् । यसैका लागि आज न्यापरिषद् बैठक बोलाइएको छ ।

बैठकमा सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तका विषयमा छलफल हुने बताइएको छ । यही विषयमा छलफल गर्नकै लागि प्रधानन्यायाधीश राणाले न्यायपरिषद् बैठक बोलाएका हुन् । यस्तै बैठकमा प्रधानन्यायाधीश राणाले न्यायाधीश नियुक्तिको एजेन्डा पेस गर्ने तयारी छ ।

सर्वोच्चमा १ र उच्च अदालतमा १२ न्यायाधीश पद रिक्त छ । ८ महिनाअघि भएको सर्वोच्च र उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिपछि न्यायपरिषद् बैठक पहिलोपटक बस्न लागेको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार ०९:०१