१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अन्तर्राष्ट्रिय खेलमा रोनाल्डोको ९९औं गोल


२ मंसिर, काठमाडौं पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि ९९औं गोल पूरा गरेका छन् । पुरुषतर्फ विश्व रेकर्ड कायम गर्ने दौडमा निकै अघि रहन सफल रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाएका इरानका डाइज अलीको कीर्तिमान भेट्न अब १० गोल टाढा छन् ।

अलीले १०९ गोल गरेका छन् । यो वर्ष राष्ट्रिय टिमबाट निकै सफल देखिएका रोनाल्डोले १४ गोल गरेका छन् । आइतबारको १ गोलसँगै उनले पोर्चुगललाई युरोकपमा पुर्‍याउन सफल भए । युरो छनोमा लक्जेम्बर्गलाई २-० ले पराजित गर्दा रोनाल्डोले १ गोल गर्दै पोर्चुगलका लागि ९९ गोल सम्भव बनाए । रोनाल्डोले गत बिहीबार राष्ट्रिय टिमबाट नवौँ ह्याट्रिक गरेका थिए । उनले गरेका ह्याट्रिकमध्ये ७ वटा त ३० वर्ष पुगेपछि सम्भव बनाएका छन् ।

शीर्ष स्थानमा इंग्ल्यान्ड त्यस्तै, इंग्ल्यान्ड युरोकपमा शीर्षस्थानमा रहँदै छनोट भयो । आइतबार राति समूह ‘ए’ को खेलमा इंग्ल्यान्डले कोसोभोलाई ४-० ले पराजित गर्दै शीर्ष स्थानमा रहन सफल भयो । शीर्ष स्थानको इंग्ल्यान्डले ८ खेलबाट २१ अंक जोड्यो । कोसोभो ११ अंकसहित तेस्रो स्थानमा रह्यो । –एजेन्सी

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार १०:०५