१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बंगलादेशकी प्रधानमन्त्री हसिना र उपप्रधानमन्त्री पाेखरेलबीच भेटवार्ता, द्धिपक्षिय हितका विषयमा छलफल


१ मंसिर, काठमाडौँ । दुबई भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पाेखरेलले बंगलादेशी प्रधानमन्त्री शेह हसिना बाजेदसँग भेटवार्ता गरेका छन । दुबई एयर शाेमा सहभागी हुनेक्रममा उपप्रधानमन्त्री पाेखरेल र बंगलादेशी प्रधानमन्त्री हसिनाबीच भेटवार्ता भएकाे पाेखरेलका स्वकीयसचिव दिपेन्द्र श्रेष्ठले दैनिकीलाई जानकारी दिए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री हसिनाले राष्ट्रपतिको भ्रमणले दुई देशकाे सम्बन्ध अझै सुदृढ र मजबुत भएकाे बताइन । उनले नेपालकाे सुन्दरता र नेपाली जनताकाे आतिथ्यता सत्कारबाट राष्ट्रपति खुशी भएकाे बताइन । हसिनाले पाेखरेलसँगकाे छाेटाे कुराकानीमा नेपालसँगको सहकार्य गरेर अघि बढ्न चाहना व्यक्त गरेकाे स्वकीय सचिव श्रेष्ठले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार १६:४९