१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

फलोअपका लागि अस्पताल जाँदै प्रधानमन्त्री


३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुनः ग्रान्डी अस्पताल जाने भएका छन् । उनले शुक्रबारको मन्त्रिपरिषद् बैठकमा आफू फलोअपका लागि शनिबार ग्रान्डी अस्पताल जाने बताएका हुन् । मिर्गौलामा राखिएको स्टेन्ट निकाल्न उनी पुनः ग्रान्डी जान लागेको बताएका छन् । मिर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा स्टेन्ट राखिने गरिन्छ । स्टेन्टले पिसाब नलीलाई खुला राख्न मद्दत गर्छ ।

कात्तिक १२ र १३ गते काठमाडौंको धापासीमा रहेको ग्रान्डी अस्पतालमा उपचारपछि फर्कंदै गरेका प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

कात्तिक १२ र १३ गते मिर्गौला डायलासिस गर्दा स्टेन्ट राखिएको थियो । आज शनिबार स्टेन्ट निकालिनुका साथै नियमित स्वास्थ्य पनि परीक्षण गरिनेछ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी गत साउन र भदौमा उपचारकै लागि सिंगापुर गएका थिए । त्यहाँ उनको प्लाज्मा फेरेसिस पद्धतिबाट शरीरमा रहेको एन्टिबडी नष्ट गरिएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार ०८:४०