१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कीर्तिपुर क्रिकेट मैदानमा सचिन तेन्दुलकर र विनोद दासको टिम भिडन्त


३० कात्तिक, काठमाडौं । भारतीय क्रिकेट भेट्रान सचिन तेन्दुलकर र नेपाली क्रिकेटर विनोद दासको टिमले आज कीर्तिपुर मैदानमा स्पर्धा हुँदैछ । मैत्रीपूर्ण क्रिकेट भिडन्तमा कसले बाजी मार्ला त्यो त खेलपछि नै थाहा लाग्ला ।

यद्यपि सचिन र विनोदको टिममा अरु खेलाडी भने बालबालिका नै छन् । खेल युनिसेफको आयोजनामा हुन गइरहेको हो । जसमा एउटा टिमको कप्तानी सचिनले गर्नेछन् भने अर्को टिमको कप्तानी विनोदले गर्नेछन् ।

बालबालिकाहरुसँग क्रिकेट खेल्नकै लागि युनिसेफको निमन्त्रणामा भारतीय भेट्रान खेलाडी सचिन हिजो (शुक्रबार) नेपाल आइपुगेका छन् । बालअधिकारका पक्षमा सन्देश दिन खेल १०-१० ओभरको हुनेछ । दुवै टिममा युनिसेफले नै छनोट गरेका बालबालिका छन् ।

बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा सचिनलाई युनिसेफले नेपाल ल्याएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार ०८:१६