१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रधानमन्त्रीको तत्काल मिर्गाैला प्रत्यारोपण हुँदैन, विदेश जाने हल्ला निराधारः ज्ञवाली


२९ कात्तिक, काठमाडौँ । त्रिभुवन विश्ववविद्यालय शिक्षण अस्पतालमा कार्यरत प्रा डा प्रेम ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका बारेमा गलत हल्ला भएको बताएका छन । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दे प्रा डा ज्ञवालीले प्रधानमन्त्री ओलीको तत्काल मिर्गौला प्रत्यारोपण आवश्यक नभएको उल्लेख गरेका छन । उनले आवश्यक परेमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण नेपालमै गर्न सकिने पनि बताएका छन ।

प्रा डा ज्ञवालीले मिडियामा आएका समाचार जस्तै प्रधानमन्त्री मिर्गौला फेर्न ईण्डिया जाने, सिंगापुर जाने अथवा अमेरिका जाने सम्पूर्ण समाचारहरु निराधार र गल्ती भएको बताएका छन । ज्ञवाली पछिल्लो समय प्रधानमन्त्री ओलीको उपचारमा सलग्न रहँदै आएका छन । विभिन्न सञ्चारमाध्यमले प्रधानमन्त्रीकत्र स्वास्थ्यका बारेमा गलत प्रचार गरेपछि ज्ञवालीले सामाजिक सञ्जाल मार्फत प्रस्ट पारेका हुन ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार ०९:२३