१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

धान्नै गाह्रो भो भान्सा, तरकारीको भाउ तीन गुणा बढ्यो


२९ कात्तिक, काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य आकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म बढेको थियो ।

तरकारीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा देखिन थालेको राजधानी दैनिकमा समाचार छ । जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा चलाउनसमेत हम्मेहम्मे परेको छ ।

कात्तिक तथा मंसिरलाई हरियो तरकारीको सिजनका रुपमा हेर्ने गरिए पनि अहिले बजारमा प्रतिकिलो सय रुपैयाँभन्दा तल कुनै पनि तरकारी पाउन मुस्किल छ ।

फाइल तस्बिर ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार ०७:२९