१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कलाकारबीचको दौड प्रतियोगिता शनिबार !


२७ कात्तिक, काठमाडौं । नेपाल चलचित्र कलाकार संघ र कान्ति सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छताका लागि चलचित्र कलाकार, मोडल, गायक गायिकाबीच ३ किमि दौड प्रतियोगिता हुने भएको छ । कात्तिक ३० गते (शनिबार) प्रहरी तालिम केन्द्र महाराजगन्ज अघिबाट दौड सुरु भई सोही स्थानमा पुगेर समापन हुनेछ ।

भिजिट नेपाल सन् २०२० लाई मध्यनजर गर्दै वातावारणीय स्वच्छताको लागि कार्यक्रम आयोजना गरिएको हो ।

प्रतियोगितामा विजेताहरुलाई नगदसहित अन्य पुरस्कारसमेत प्रदान गरिनेछ । यस्तै समाजमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मानसमेत गरिनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार ०९:३०