१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

२७ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत् माग २१ हजार २ सय ८४ मेगावाट पावर अर्थात ११ सय ६९ मेगावाट मात्र थियो । तर, प्राधिकरणकै प्रक्षेपणअनुसार विद्युत् माग २ हजार २ सय २५ मेगावाट हुनुपर्ने हो ।

एकाध वर्षमा पुसको दोस्रो-तेस्रो साता विद्युत् माग वर्षभरिकै उच्च माग पुगे पनि आधिकांश वर्ष लक्ष्मीपूजाको दिन सबैभन्दा बढी हुन्छ । तर, यसै वर्षको लक्ष्मीपूजाको माग १ हजार ८९ मेगावाट मात्र पुगेको कारोबार दैनिकमा समाचार छ ।

‘विद्युत् प्राधिकरणको प्रक्षेपणअनुसार त २ हजार २ सय २५ मेगावाट हुनुपर्ने हो तर अहिले माग १ हजार १ सय ७० मेगावाटको हाराहारीमा छ,’ विद्युत् प्राधिकरणका प्रवक्ता भन्छन्, ‘प्राधिकरणको प्रक्षेपणभन्दा विद्युत्को माग घट्दो छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार ०८:३३