१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

क्लिन फिडपछि नेपाली विज्ञापन बजार २० अर्बमाथि पुग्ने


२७ कात्तिक, काठमाडौँ । क्लिन फिड लागू हुने गरी कार्यान्वयनमा आएको विज्ञापन (नियमन गर्ने) ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्ब माथि पुग्ने भएको छ । यो ऐन राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएपछि विज्ञापन एजेन्सीहरु खुसी भएका छन्  भने नेपालको विज्ञापन बजारमा नयाँ तरंग छाएको राजधानी दैनिकमा खबर छ ।

विगत धेरै वर्षदेखि नेपाली मिडिया र विज्ञापन उद्योगहरुले नेपाल सरकारसँग क्लिन फिड नीति लागू गर्न माग गर्दै आएका थिए ।

ऐन कार्यान्वयनमा आएसँगै पैसा तिरेर अन्य मुलुकको विज्ञापन हेर्नुपर्ने बाध्यकारी व्यवस्थाको अन्त्य भएकाले नेपाल विज्ञापन संघ पनि खुसी भएको छ ।

नेपालमा टिभी विज्ञापनमध्ये ७० प्रतिशत विज्ञपान भारतका बहुराष्ट्रिय कम्पनी सिर्जित छ । स्वीकृति प्राप्त भण्डै डेढ सय विदेशी च्यानलमध्ये १ सयभन्दा बढी पे च्यानल छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार ०८:२१