१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार रिमाल नै रहन्छन्ः मुख्यमन्त्री पाेखरेल


२६ कात्तिक, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल नै रहने ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले रिमाललाई नहटाउने संकेत दिएका छन् । यसअघि २२ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना करिब १३ जना सल्लाहकार र स्वकीय सचिवलाई राजिनामा गर्न भनेका थिए । प्रधानमन्त्री ओलीले १ मंसिरदेखि लागू हुने गरी उनीहरूलाई सल्लाहकार र सचिवालयबाट हटाउने निर्णय गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले मंगलबार दिउँसो १२ बजेर ४५ मिनेटमा फेसबुक स्टाटस पोष्ट गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाकार परिवर्तन हल्ला साबित हुने उल्लेख गरेका छन् । मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल : सुखी नेपाली अभियानको भरोसायोग्य सारथी नै विष्णु रिमाल भएको दाबी गरेका छन् । राजनीतिक सल्लाहकार रिमाल नेकपाभित्र प्रधानमन्त्री ओलीको पोखरेलपछिका विश्वासिला नेता मानिन्छन् ।

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको हैसियतमा रहेका रिमालको गतिविधिको पार्टीभित्रैबाट आलोचना हुँदै आएको छ । यस्तो स्टाटस लेखेपछि मुख्यमन्त्री पोखरेलको धेरैले आलोचना गरेका छ्न ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार १४:३२