Logo

जंगलमा घुम्न गएका व्यक्तिलाई अपहरण गरी अश्लिल भिडियो खिचेर व्ल्याकमेल गर्ने ३ जना पक्राउ



२५ कात्तिक दाङ । तुलसीपुर उपमहानगरपलिका-३ खमारीस्थित जंगलमा घुम्न गएका व्यक्तिहरुलाई अपहरण गरी अश्लिल भिडियो खिचेर व्ल्याकमेलिङ गरेको अभियोगमा ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपलिका-३ खमारी बस्ने १९ वर्षीय बिमल वली, २६ वर्षीय दुज बहादुर खत्री र २१ वर्षीय नविन नेपाली रहेका छन् ।

उक्त जंगलमा गएका एक व्यक्तिलाई उनीहरुले अपहरण गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरीले टोलीले नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले २ राउण्ड हवाई फायर गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार १९:४६
प्रतिक्रिया दिनुहोस्