१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जर्जिया पठाई दिन्छु भन्दै ७ लाख ५० हजार ठगी गर्ने रामकृष्ण पक्राउ


२२ कात्तिक, काठमाडौं । जर्जिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । मोरङ पथरी नगरपालिका-१ उर्लावारी बस्ने ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने दोलखा गौरीशंकर गाउँपालिका-६ घर भएका एक युवकलाई राईले जर्जियामा क्लिनरको जागिर लगाईदिने र उक्त कम्पनीले मासिक ९० हजार रुपैयाँ तलव, खान बस्न समेत दिने प्रलोभन देखाई ७ लाख ५० हजार रुपैयाँ ठगी गरेकाे प्रहरीले जनाएकाे छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले राईलाई मोरङको उर्लावारीबाट पक्राउ गरेको हो । राईले राजन राईबाट ३ लाख ५० हजार र ईन्द्र लिम्बुबाट ५ लाख रुपैयाँ लिएकाे महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ  ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार १६:५७