२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

महरा प्रकरणः नैतिक गल्तीमात्र हो भने अपराध के हो र कस्तो हुन्छ ?


२१ कात्तिक। काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले याैन दूर्व्यवहारको मुद्दामा पूर्पक्षका लागि कारागार चलान भएका कृष्णबहादुर महराको सन्दर्भमा दिएको प्रतिक्रियामा टिप्पणी जनाएका छन । अध्यक्ष प्रचण्डले महराको निर्वाचन क्षेत्रमै पुगेर प्रचण्डले दिएको प्रतिक्रियामा सन्दर्भमा थापाले महराको गल्ती सामान्य कमजोरीमात्र नभएर एउटा अपराधकै रूपमा रहेको टिप्पणी गरेका छन ।

दाङमा महराबारे प्रति्रकिया दिँदै नेकपा अध्यक्ष प्रचण्ड ।

यद्यपी उनले प्रचण्डको सार्वजनिक अभिव्यक्तिले तथ्यको आधारमा सत्यमा पुग्न नै जोड गरेको बताएका छन । उपप्रमुख थापाले भनेका छन ‘कानूनको सामान्य विद्यार्थीका नाताले म तर्क गर्न मनासिब ठान्दछु कि यो त्यतिमात्रै होइन र मान्न सकिन्न । प्रचलित संविधान, कानुन र नजीरले यसलाई नैतिक गल्ती मात्रै भन्दैन । हाम्रो नेतृत्वको बुझाइ, विवेक र व्याख्या पनि संविधान र कानुनबमोजिम नै हुनुपर्छ ।’ उनले अघि भनेका छन ‘खासमा फौजदारी अपराध संहिता कानूनअन्तर्गत अदालतले पुर्पक्षका लागि सदरखोर डिल्लीबजार चलान गरिसकेको बिषय नैतिक गल्ती हो कि फौजदारी अपराध- यो सार्वजनिक बहसको प्रश्न हो ।’

थापाले सामाजिक सञ्जालमा व्यक्त गरेको टिप्पणी जस्ताको त्यस्तै तल पढ्नसक्नुहुन्छ ।

‘मैले नारायणकाजी श्रेष्ठ, जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो । म आफैं जाँदा पनि ढाट्नुभयो । नेतृत्वलाई नै ढाँटेर गम्भीर गल्ती गर्नुभयो ।’ – पुष्पकमल दाहाल ‘प्रचण्ड ‘- महरा प्रकरणबारे दाङमा बोल्दै

सार्वजनिकरूपमा अध्यक्ष कमरेडको यो कथनले तथ्यको आधारमा सत्यमा पुग्न नै जोड गरेको बुझ्न सकिन्छ । खासमा फौजदारी अपराध संहिता कानूनअन्तर्गत अदालतले पुर्पक्षका लागि सदरखोर डिल्लीबजार चलान गरिसकेको बिषय नैतिक गल्ती हो कि फौजदारी अपराध- यो सार्वजनिक बहसको प्रश्न हो । दाङमा पत्रकारहरुको माझमा अध्यक्ष प्रचण्डले नैतिक गल्तीका रूपमा यसलाई प्रस्तुत गर्नुभयो ।

कानूनको सामान्य विद्यार्थीका नाताले म तर्क गर्न मनासिब ठान्दछु कि यो त्यतिमात्रै होइन र मान्न सकिन्न । प्रचलित संविधान, कानुन र नजीरले यसलाई नैतिक गल्ती मात्रै भन्दैन । हाम्रो नेतृत्वको बुझाइ,विवेक र व्याख्या पनि संविधान र कानुनबमोजिम नै हुनुपर्छ । फौजदारी अपराध कानुनबमोजिम मुद्दा चलिरहेको विषय नैतिक गल्ती मात्रै हुने हो भने अपराधचाहि के हो र कस्तो हुन्छ ? डीएनए र रगत परीक्षण गर्न नदिने/नमान्ने, मेशिनमा बयान दिन अस्वीकार गर्ने? र नेतृत्वले बचाऊ नगरेको भन्दै विपक्षी पार्टीका नेतासंग रुवावासी गर्ने ! यो तौरतरिका त झन् अभियुक्तका रूपमा समेत मिल्दै मिलेन ।

पार्टी नेतृत्वलाई ढाँट्ने, संसदलाई ढाँट्ने, मतदातालाई ढाँट्ने, प्रहरीलाई ढाँट्ने, सरकारी वकिललाई ढाँट्ने, इजलासलाई ढाँट्ने र दुनियाँलाई ढाँट्ने रवैयाको परिप्रेक्ष्यमा अमेरिका, भारत वा अरूलाई दोष दिएर कसरी सफाई र उन्मुक्ति पाउन संभव होला ? आफ्नो थैलो बाँधेर राख्न सके अरूतिर दोष लगाउने कुनै समस्या आइलाग्दैन।

जबकि रोशनीले उमा रेग्मीसँगै अरू रोल्पा घरठेगानावाला महिला नेताहरूलाई एकैसाथ मेसेज गरेको बिषयमा ह्वा महिला महोदयले पार्टीलाई जानकारी नगराई किन ढाँट्न र ढाकछोप गर्न खोज्नु भयो होला? यो अझ आश्चर्यजनक कार्य भएको छ । बुढापाकाहरुले यत्तिकै त भनेका होइनन – बहिदार बन्न त सजिलो छ, तर बही बुझाउन धेरै गा-हो हुन्छ ! आगे अदालतले अन्तिम फैसला त गर्ला नै, जो बाँकी छ ।

यो पनि पढ्नुहोस्

-दाङमा पुगेर प्रचण्डले भने ‘महराले अपराधै गरेका हैनन्, हामीलाई झुक्याए’

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार ०९:०६