१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दाङमा पुगेर प्रचण्डले भने ‘महराले अपराधै गरेका हैनन्, हामीलाई झुक्याए’


२० कात्तिक, काठमाडाैँ । याैन दूर्व्यवहारको अभियोगमा पूर्वपक्षका लागि कारागार चलान भएका कृष्णबहादुर महराको चुनावी जिल्ला दाङमा पुगेर नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महराबाट कमजोरी भए पनि अपराध नै चाहिँ नभएको बताए । प्रेस संगठन दाङले गरेको पत्रकार भेटघाट कार्यक्रमा अध्यक्ष प्रचण्डले महरा नैतिक रूपमा मात्र कमजोर देखिएको बताए ।

प्रेस सङगठन नेपाल दाङले घोराहीमा बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल …प्रचण्ड’ । तस्वीरः नारायणी रजौरे (रासस) दाङ

प्रचण्डले महराबाट आचरण र नैतिक रूपमा ठूलो गल्ती भएको बताए। रोशनी शाहीको प्रसंग कोट्याउँदै अध्यक्ष दाहालले महराले आफूलाई र प्रधानमन्त्रीलाई ढाँटेको पनि बताए । संसद सचिवालयकी कर्मचारी शाहीमाथि महराले गरेको दुर्व्यवहारबारे आफूले सोध्दा महराले ढाँटेको उनले निर्धक्कसँग बताए ।

उनले महराको प्रकरण बाहिर सार्वजनिक भएपछि नारायणकाजी श्रेष्ठ तथा जोख बहादुर महरालाई बुझ्न पठाउँदा पनि महराले सही कुरा नभनेको प्रचण्डले बताए । उनले महरा प्रकरण व्यक्तिलाई मात्र नभई राष्ट्रका भिभिआइपीलाई सच्याउने खालको घटना भएको बताए। प्रचण्डले यस प्रकरणमा अदालतले निष्पक्ष फैसला गर्ने विश्वास आफूलाई रहेको बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार २१:५०