१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

लिपुलेक, लिम्पियाधुरा र कालापानीको नयाँ विवादबारे कसले के भने ?


२० कात्तिक, काठमाडाैँ । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको चर्को बिरोध सुरू भएको छ । भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ । सामाजिक सञ्जालदेखि सडकसम्म भारतविरोधी नारा गुञ्जिएका छन भने गो ब्यक इन्डिया भन्ने ह्यसट्याग समेत चलेको छ ।

भारतले दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो । जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो । यही विषयमा केन्द्रीत रहेर धेरैले धेरैथरी विश्लेषण गरेका छन भने भारतीय हेपाव प्रवृितको खुलेर बिरोध गरेका छन ।

राप्रपा संयुक्ताका नेता डा प्रकाशचन्द्र लोहनीले फेसबुक मार्फत सरकारले भारतीय नक्सामा सअहमति जनाउनुपर्ने उल्लेख गरेका छन ।
पूर्वमन्त्री प्रदीप नेपालले कलापानीको समस्या २०१८ देखिको भएको भन्दै प्रदीप नेपालको दोशको खोजी पढ्न सुझाव दिएका छन ।
नेकपाका युवा नेता अनुजकुमार श्रेष्ठले विशालप्रवाहले बगेको काली नदीनै नेपालको सीमाना रहेको भन्दै बदलिएको राजनीतिक परिवेशमा यसलाइ स्थायी रूपमा समाधान गर्नेगरी अावाज उठाउनुपर्ने बताएका छन ।
कांग्रेस नेता धानराज गुरूङले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको भन्दै बरू छातीमा गोली स्वीकार्ने तर देशको माटो अतिक्रमण गरेको नसहने उल्लेख गरेका छन ।
अनेरास्ववियुका नेता जनार्जन मुडभरीले लामो राजनीतिक विश्लेषण गर्दै बलियो जनमतप्राप्त सरकारले पनि नेपाली भूमी रक्षा गर्न नसके कसले गर्छ भन्दै प्रश्न उठाएका छन ।
नेकपाका युवा नेता निरज अाचार्यले नेपालीभूमि माथिको अतिक्रमण मञ्जुर नभएको बताएका छन ।
अनेरास्ववियुका पूर्व नेता किरण देउजा राष्ट्रियताको बारेमा धेरै कुारा नगरी पार्टीको संलग्ना गाैण राखेर काम गर्नुपर्ने बताउँछन ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार २०:४२