१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मन्त्रिपरिषदद्धारा सातै प्रदेशका प्रमुख नियुक्तिका लागि सिफारिस, कुन प्रदेशमा काे ?


१८ कात्तिक,काठमाडौँ । सरकारले सातै प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेकाे छ । साेमबार राष्ट्रपति भण्डारी समक्ष सिफारिस सातै प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेकाे हाे । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको थियाे ।

मन्त्रिपरिषद बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव तथा कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएकाे बताइएकाे छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार १७:०३