१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बेपत्ता परिवारकी सदस्य शर्मिला त्रिपाठी प्रदेश प्रमुख


१८ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले प्रदेश प्रमुखका लागि तयार पारेको सूचीमा बेपत्ता परिवारकी सदस्य शर्मिला त्रिपाठी पनि परेकी छिन । न्यायका लागि लड्दै आएकी त्रिपाठी नेकपाको सचिवालय बैठकबाट प्रदेश प्रमुखको सूचीमा पर्न सफल भएकी हुन । उनी राज्यले न्याय नदिएको भन्दै बेलाबेला आक्रोशित हुने गरेकी थिइन । यति लामो समयसम्म पनि आफन्तको न त लास न त सास नै भएको भन्दै उनले न्यायका निम्ति आवाज उठाउने गरेकी थिइन । शर्मिलका पति ज्ञानेन्द्र त्रिपाठी बेपत्ता भएको भनिए पनि अहिलेसम्म जीवत वा मृत फेला कुनै अवस्थामा फेला पर्न सकेका छनैनन् । शर्मिला वेपत्ता परिवार समाजको अध्यक्ष समेत हुन ।

शर्मिला त्रिपाठी ।

बैठकले त्रिपाठीसँगै चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई नाम प्रदेश प्रमुखमा नियुक्तिका लागि दिने निर्णय गरेको छ । अब केहीबेरमा बस्ने मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका लागि प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाइ सिफारिस गर्ने निर्णय गर्नेछ ।

तस्बीरमा चितवनका अमिक शेरचन, बाँकेका तिलकबहादुर परियार र कास्कीका सोमनाथ अधिकारी प्यासी ।

सात जना मध्ये कुन प्रदेशमा कसलाई पठाउने भन्‍ने टुंगो पनि सरकारले लगाउने छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३ माघ २०७४ मा नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी थिइन ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार १४:३६