१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

प्रदेश प्रमुखको नाम टुंगो लगाएसँगै बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


१८ कात्तिक, काठमाडौँ । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरू भएकाे छ । प्रदेश प्रमुखको नियुक्तिका विषयमा निर्णय लिन मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हाे । नेकपा सचिवालय बैठकले सातै प्रदेशका लागि प्रमुख नियुक्तिका लागि सात जनाको नाम सिफारिस गरेसँगै मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

नेकपा सचिवालय बैठकले अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने छ । सरकारले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णयसँगै नेकपाले नयाँ नामको टुंगो लगाएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार १४:३०